जनरल इन्स्योरेन्सका सञ्चालक दीपेन्द्र अग्रवालको निलम्बन फुकुवा

जनरल इन्स्योरेन्सका सञ्चालक दीपेन्द्र अग्रवालको निलम्बन फुकुवा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।
बीमा समितिले जनरल इन्स्योरेन्सका सञ्चालक  दीपेन्द्र अग्रवालको निलम्बन फुकुवा गरेको छ ।

यसअघि समितिले नियमभन्दा बढी रकम विभिन्न कम्पनीको सेयमा लगानी गरेको भन्दै निलम्बन गरेको थियो । समितिले गत वैशाख ३ गते निलम्बन गरेको थियो ।

कम्पनीको सञ्चालक समितिबाट हिनामिना भएको सम्पूर्ण रकम कम्पनीको खातामा डिपोजिट गरिसकेको पत्र आएपछि समितिले अग्रवालको निलम्बन फुकुवा गरिएको समितिले जानकारी दियो ।

समितिले चैत २२ र २३ गते कम्पनीको स्थलगत निरिक्षणका क्रममा अग्रवालले लगानी समितिको संयोजकका हैसियतले विभिन्नअनियमितता भएको भन्दै उनलाई निलम्बन गरेर स्पष्टिकरण माग गरेको थियो ।