बैंकिङ्ग समाचार ।
मितेरी डेभलपमेन्ट बैंकको फागुन २७ गते मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ।
बैंकको १८.५२५२ प्रतिशत बोनस शेयरलाई समायोजन गरि नेप्सेले नयाँ शेयरमूल्य निर्धारण गरेको हो। उक्त बोनस वितरण र साधारण सभा प्रयोजनका लागि बैंकले फागुन २७ गतेदेखि बुकक्लोज गरेको हो।
नेप्सेले बोनस शेयरलाई समयोजन गरि प्रतिकित्ता ३९१ रुपैयाँ ४८ पैसा नयाँ समायोजित मूल्य निर्धारण गरेको हो। यसअनुसार समायोजित मूल्यलाई आधार मानेर नै मंगलबार बैंकको पहिलो शेयर कारोबार खुल्नेछ।
बैंकले चैत ८ गते गोर्खा किचन, धरानमा बिहान ९ बजे बैंकको चौधौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।



About Us
प्रतिक्रिया