चिरख्वा हाइड्रोपावरको ३० लाख कित्ता शेयरको लकइन अवधि कार्तिक १४ गते सकिँदै


काठमाडौं – चिरख्वा हाइड्रोपावर लिमिटेडको संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र कर्मचारीको स्वामित्वमा रहेको ३० लाख बढी कित्ताको लकइन अवधि सकिने भएको छ। कम्पनीको ३० लाख २० लाख ७०० सय कित्ता शेयरको लकइन अवधि आउदो कार्तिक १४ गते सकिने भएको हो।

लकइन अवधि समाप्त हुनेमा संस्थापक समुहतर्फ २८ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दातर्फ २० लाख ४७ हजार र कर्मचारीको स्वामित्वमा रहेको १६ हजार कित्ता शेयर रहेको छ। धितोपत्र बोर्डको पत्र संख्या २०८०/८१, च.नं. १५२३, बाट प्राप्त निर्देशन अनुसार उक्त शेयरको लकइन अवधि समाप्त कार्तिक १४ गते समाप्त हुने भएको हो।