बैकिङ्ग समाचार, काठमाडौं ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर नेपालले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको हो ।
कम्पनीले सर्वसाधारणको लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्नका लागि रेटिङ्ग गराएको हो । रेटिङ्ग एजेन्सीको रिपोर्ट प्राप्त भएपछि कम्पनीले प्राथमिक शेयर निष्काशनको प्रक्रिया अघि बढ्ने जनाएको छ ।
रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ ।
कम्पनीले हाल १२० ओटा शाखा कार्यालयबाट बिमीतहरुलाई सेवा प्रदानगर्दै आईरहेकोे छ । उक्त कम्पनीले चार वर्ष अगाडि जीवन बीमा व्यवसाय गर्नका लागि बीमा समितिबाट अनुमति पाएको थियो । हालकम्पनीको चुक्तापूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्तापूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
प्राथमिक शेयर निष्कासन पछि संस्थापक शेयरधनीहरुको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको शेयर हिस्सा ३० प्रतिशत हुनेछ । कम्पनीमा ग्लोबल आइएमई बैक, आइएमई गु्रपलगायत ठूला व्यवसायिक समूहहरुको लगानी रहेको छ ।
प्रतिक्रिया