फोनपेद्वारा ‘सक्षम नारी’ अभियान

फोनपेद्वारा ‘सक्षम नारी’ अभियान


काठमाडौं– फोनपेले ‘सक्षम नारी’ अभियान शुरु गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै फोनपेले माघ २६ गतेदेखि देशभरका महिलाहरूको वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘सक्षम नारी’ अभियान सुरु गर्ने जनाएको छ।

नबिल र सानिमा बैंकसँगको सहकार्यमा फोनपेले सुरु गरेको यो अभियानमा आर्थिक वृद्धि र समृद्धिको लागि नारीहरुले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिँदै सबै वर्गका नारीहरुलाई डिजिटल भुक्तानीका माध्यममा सशक्त बनाउने कोसिस गरिएको छ ।

अभियानमा सहभागी हुन नबिल र सानिमा बैंकका महिला प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत अभियान अवधिभर कुनै पनि फोनपे सेवाहरू फोनपे क्यूआर, फोनपे डाइरेक्ट र फोनपे बिल प्रयोग गरी कम्तीमा ३ वटा कारोबार गर्नुपर्ने छ ।

नबिल बैंकका एकजना महिला प्रयोगकर्ताले अभियानको मापदण्ड पूरा गरेपछि बालाजी डायमण्डबाट उत्कृष्ट हिरा सेट पाउनेछन् । साथै सानिमा बैंक र नबिल बैंकका १०० महिला प्रयोगकर्ताहरूले रु. १००० को ग्यारेन्टी टप-अप जित्नेछन् ।

विज्ञप्तिमा फोनपेका चिफ स्ट्राटेजी अफिसर सुबोध शर्माले अभियानको उद्देश्यका बारेमा भनेका छन्, ‘सक्षम नारी अन्य नियमित अभियानहरू भन्दा फरक छ, यो महिलाहरूमा प्रविधि अपनाउन प्रोत्साहित गर्ने पहल हो। हाम्रो तथ्याङ्कले डिजिटल माध्यमबाट महिलाहरु माझ भुक्तानीको प्रयोग कम भएको देखिएको छ र यो अभियान मार्फत हामी यो स्वरुप परिवर्तन गर्न चाहन्छौं। हामी आशा गर्दछौं कि यो अभियानले सबै क्षेत्रका महिलाहरूको जीवनमा सकारात्मक प्रभाव पार्नेछ।’

यो अभियान फागुन २८ गतेसम्म चल्नेछ ।

.