सिद्धार्थ इन्स्योरेन्सको नगद लाभांश वितरण

सिद्धार्थ इन्स्योरेन्सको नगद लाभांश वितरण

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिहीबारदेखि नगद लाभांश वितरण थालेको छ ।

कम्पनीको जेठ २८ गते, सम्पन्न भएको उन्नाइसौँ वार्षिक साधारण सभाले पारित गरेको ३.७८९४ प्रतिशतका दरले नगद लाभांश वितरण थालिको हो । कम्पनीले बुकक्लोज हुनुभन्दा अघिल्लो दिन जेठ १३ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीहरूको बैंक खातामा नै नगद लाभांश वितरण गरेको हो ।

बुकक्लोज मितिसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिने कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ । जेठ २८ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाले १२ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजन सहित ३.७८९४ प्रतिशत हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साथै कम्पनीले आव २०७४।७५ को नाफाबाट वितरण गरिएको बोनस शेयरको कर बापतको रकम जम्मा गर्न बाँकी रहेका शेयरधनीहरूको कर बापतको रकम यसै नगद लाभांशबाट कट्टा गरिएको र अपुग हुनेको हकमा भने कट्टी नगरिएको उल्लेख छ । १९ औं वार्षिक  साधारण सभाबाट पारित बोनस शेयर भने नेप्सेमा सूचीकरण भएपश्चात् मात्र सम्बन्धित शेयरधनीको खातामा जम्मा हुनेछ ।