यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर

यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर


काठमाडौं– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३३ पैसा र बिक्री दर १३२ रुपैयाँ ९३ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०१ पैसा र बिक्री दर १६८ रुपैयाँ ७७ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ।त्यसैगरी आज अस्ट्रेलियन डलर १ काे खरिद दर ८६.७२ र बिक्री दर ८७.१२ रुपैयाँ रहेकाे छ ।

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?