भोटेकोशी बाढी

‘सम्पर्कविहीनको तथ्याङ्क सङ्कलनका लागि ७५ जिल्लाका आपत्कालीन कार्यसंचालन केन्द्रका कर्मचारीसँग भर्चुअल छलफल’


काठमाडौं – रसुवा भोटेकोशी बाढीमा सम्पर्कविहीन मानिसहरूको तथ्याङ्कका सम्बन्धमा ७५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा समितिका सदस्य तथा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका कर्मचारीहरूसँग भर्चुअल छलफल गरिएको छ। 

प्राधिकरणका सहसचिव बलराम निरौलाको अध्यक्षतामा सम्पन्न भएको छलफलमा सम्पर्कविहीनहरूको तथ्याङ्क यकिन गर्ने विषयमा गहन छलफल गरिएको छ। खास गरी सम्पर्कविहीनहरूको नाम सम्बन्धितको जिल्लाका साथै प्रभावित रसुवा र नुवाकोटमा पनि आफन्तले टिपाएको हुँदा दोहरिएका नामलाई यकिन गर्ने विषयमा छलफल भएको छ। 

तथ्याङ्कमा देखिएको दोहरोपन रुजु गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आ-आफ्नो जिल्लामा यकिन गरी सेतु एपमा प्रविष्ट गर्ने सहमति भएको छ।