एकैदिन १३ अर्ब रुपैयाँले बढ्यो बैंकिङ्ग निक्षेप, अन्य सूचक कस्ता ?

कर्जा लगानी ८ अर्ब रुपैयाँले बढ्याे


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीमा निक्षेप तथा कर्जा लगानी दुवैमा वृद्धि देखिएकाे छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार भदाै ३१ बैंकिङ्ग प्रणालीकाे कुल निक्षेप ८३ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लाे दिन अर्थात् भदाै ३० गतेसम्म बैंकिङ्ग प्रणालीमा ८३ खर्ब ५९ अर्ब रूपैयाँ निक्षेप रहेकाे थियाे। जुन अघिल्लो तुलनामा १३ अर्ब रुपैयाँ बढी हो।

साे समयमा वाणिज्य बैंकहरूको कुल निक्षेप ७६ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म यस्तो निक्षेप ७५ खर्ब ५४ अर्ब रुपैयाँ थियो।यता, बैंकिङ्ग प्रणालीको कुल कर्जा लगानी ६० खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ६० खर्ब १० अर्ब रुपैयाँ थियो। यस अवधिमा कुल कर्जा लगानी ८ अर्ब रुपैयाँले बढेको देखिन्छ।

वाणिज्य बैंकहरूको कुल कर्जा लगानी ५३ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ६६ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ। समिक्षा अवधिमा बैंकिङ्ग प्रणालीको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७१.२८ प्रतिशत कायम भएको छ। यस्तै, अन्तर बैंक ब्याजदर भने २.७५ प्रतिशतमा रहेकाे छ।