लाभांश प्रस्ताव पारित गर्न माछापुच्छ्रे बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


काठमाडौं – माछापुच्छ्रे बैंकले असोज २८ गते शेयरधनीलाई २८ औं वार्षिक साधारण सभामा बोलाएको छ। बैंकले सो दिन पोखरास्थित होटल पोखरा ग्रान्डमा बिहान ११ बजे सो सभा बोलाएको हो।

सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद गरी कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। बोनस शेयरका लागि आवश्यक पुँजी वृद्धि तथा प्रबन्धपत्र संशोधनका प्रस्तावसमेत सभामा पेस हुनेछन्।

यस्तै, वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, चालु आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र सञ्चालक निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकमा अर्जुनकुमार गौतमको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैंकले असोज १२ गते बुक क्लोज गर्ने भएको छ। जसअर्थ असोज ९ गतेसम्म कायम शेयरधनीले बैंकले घोषणा गरेको लाभांश पाउनुका साथै साधारण सभामा सहभागी हुन सक्नेछन्।