महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमाशुल्क भुक्तानीको विलम्ब शुल्कमा छुट दिने

महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमाशुल्क भुक्तानीको विलम्ब शुल्कमा छुट दिने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना बीमितहरुलाई बीमा शुल्क भुक्तानीको विलम्ब शुल्कमा छुट भएको छ। 

काभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका अधिकांश जिल्लामा जारी निषेधाज्ञाका कारण समयमै किस्ता तिर्न नसकेका बीमितहरुलाई विलम्ब शुल्कमा छुट दिने निर्णय कम्पनीले गरेको हो।  ‘आमबीमितहरुको यही समस्यालाई विचार गरी राहतस्वरूप आज जेठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

२०७८ असार मसान्तभित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई निम्नबमोजिम विलम्ब शुल्क छुट दिने कम्पनीले निर्णय गरेको छ।