‘नबिलको ‘अग्रेसिभ अर्गानिक ग्रोथ’ ग्राहकको विश्वासमा निर्भर छ’

‘नबिलको ‘अग्रेसिभ अर्गानिक ग्रोथ’ ग्राहकको विश्वासमा निर्भर छ’

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुजित शाक्य नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा नियुक्त भएको धेरै लामो समय भएको छैन । ग्लोबल आईएमई बैंकमा कार्यरत उनी तत्कालीन जनता बैंक र ग्लोबल आईएमई बैंक मर्ज भएपछि नबिल प्रस्थान गरेका हुन ।  त्यसवखत थुप्रै बैंकरहरुले ग्लोबल छाडे । त्यसै लहरमा सुजित शाक्य पनि राजीनामा बुझाए । अहिले उनी नबिलमा खुशी भएको किस्सा सुनाउँछन । सुजितसँग हिमालयन, एनआइसी, बैंक अफ एसिया नेपालमा काम गरेको अनुभव छ। उनी एनबी बैंकसँग मर्ज भएको श्रीलंका फाइनान्समा पनि थिए। करिब २५ वर्ष  बैंकिङ्ग क्षेत्रमा राम्रो अनुभव बटुलेका उनीसँग नबिल बैंकको पछिल्लो वित्तिय अवस्था, सफलताको कारण, डिजिटल रुपान्तरणलगायतका विषयमा बैंकिङ्ग समाचारका मनोज रेग्मीले गरेको कुराकानीः