सन् २०२२ सम्म विश्वमा बेरोजगारको संख्या २० करोड ५० लाख पुग्ने

सन् २०२२ सम्म विश्वमा बेरोजगारको संख्या २० करोड ५० लाख पुग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी, 
कोरोना महामारीका कारण यो वर्ष मात्र ७ करोड ५० लाखले रोजगारी गुमाएको अन्तराष्ट्रिय श्रमिक संगठन (आईएलओ) ले जनाएको छ ।
 
आईएलओका निर्देशक गाय राइडका अनुसार महामारी सुरुहुनुभन्दा अगाडि बेरोजगारको संख्या १८ करोड ७० लाख रहेकोमा अब बढेर २०२२ सम्ममा २० करोड ५० लाख पुग्ने अनुमान गरिएको जानकारी दिए ।

 
बेरोजगार भएका ३ करोड १० लाख मानिस अत्यन्तै गरिब बन्न पुगेको एक अध्ययनले देखाएको छ ।जुन् संयुक्त राष्ट्रसंघद्धारा निर्धारित १.९० डलर प्रतिदिनको अन्तराष्ट्रिय गरीबी रेखाभन्दा तल हो ।
 
सबै देशको समान स्थिति नभएकाले धनी देशका लागि यो संकट टार्न सहज भए पनि गरिब राष्ट्रका लागि भने चुनौतीपूर्ण हुने निर्देशक राइडको भनाइ छ । न्यून आय भएको देशहरुमा रोजगारी गुमेका कारण परिवारमा गरीबी बढ्ने र त्यसको असर समाजिक सुरक्षामा पर्ने उनले चेतावनी दिए ।
 
गरिब देशहरुमा जारी असमानताका कारण महिला र यूवाहरुको रोजगारीमा गम्भीर असर पर्ने आईएलओले जनाएको छ । गरिबी न्यूनिकरणका लागि विभिन्न उपाय अपनाएको देशहरुको प्रयासलाई पाँच वर्ष पछि धकेलेको पनि आइएलओको भनाइ छ ।
 
त्यसैगरी संयुक्त राष्ट्रसंघले माहामारीले विश्व जगतमा देखिएको बेरोजगारीको संकट टार्न लामो समय लाग्ने बताएको छ ।