एनएलजी इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा

एनएलजी इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।
एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । एनएलजी इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्ष २०५६/७६ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । 

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ९ करोड रुपैयाँको १० प्रतिशतको दरले हुन आउने १० करोड ९६ लाख रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने करको लागि ०.५२६३ प्रतिशतले हुन आउने ५७ लाख ७० हजार रुपैयाँ नगद वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

\"\"