नेपाली नागरिकले अब सहजै भारतीय सीमकार्ड लिन पाउने


काठमाडौं – नेपाली नागरिकले पनि अबदेखि भारतीय सिमकार्ड प्राप्त गर्ने भएका छन् । भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले सामाजिक सञ्जाल एक्समार्फत यस्तो जानकारी गराएका हुन् ।

डा. शर्माले लेखेका छन्,‘अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको छ । पहिले प्राविधिक कारणले पाइँदैन थियो ।’

नेपालीहरूले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचयपत्रको आधारमा भारतको सीमकार्ड लिन पाउने उनले एक्समा उल्लेख गरेका छन्।