शेयर बजार

नेप्से र कारोबार रकम दुवै घट्यो

'११ उपसूचक राताम्य'


काठमाडौं – आज साताको दोस्रो कारोबारको दिन शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६२ अकंले घटेर बजार २६ सय ३ दशमलव ७१ को बिन्दुमा कायम भएको छ। आज ३६६ कम्पनीको १ करोड १० लाख ७९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६५ करोड ४८ लाख रुपैयाँको कारोबार भएको हो।

आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९९ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, १० कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा बढी हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २२ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्टको १७ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी १२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३ का लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९.१८ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, सयपत्री हाइड्रोपावरका लगानीकर्ताले ६.७९ प्रतिशतका दरले कमाएका छन्।

आज सबैभन्दा बढी गुमाउनेमा सिटिजन्स सुपर ३० म्युचुअल फण्डका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.४४ प्रतिशतका दरले गुमाएका हुन्।