बैंकिङ समाचार ।
रु रु जलविद्युत कम्पनीको आइपीओ आइतबार नेप्सेमा सूचीकरण भएको छ । कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यस कम्पनीले चुक्ता पुँजीका अधारमा कायम सेयर सूचीकरण गरेको हो । अब सोमबारबाट यसको सेयर कारोबार पनि खुला हुनेछ ।
नेप्सेले रु रु को ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ११८ रुपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसाको रेन्जमा रहेर हुनेछ । आरयुआरयु’ संकेतमा रु रु को दोस्रो बजारमा कारोबार खुला हुनेछ । रु रु जलुविद्युतले चैत २० गतेदेखि २४ गतेसम्म प्रतिकित्ता १२० रुपैयाँको दरमा कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको थियो ।
प्रतिक्रिया