काठमाडौं–नेपाली काँग्रेसकी सांसद कमला पन्तले संघीय संसदको हिउँदे अधिवेशनमा बिजनेसको कमी हुन नदिन सरकारसँग आग्रह गरेकी छिन् । मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले चालु अधिवेशनमा धेरै भन्दा धेरै विधेयक ल्याउनुपर्ने भएकाले संसद बिजनेसबिहीन भएर बस्नुपर्ने विगतको स्थिति दोहोरिन नदिन आग्रह गरेकी हुन् ।
उनले सरकारले धेरै भन्दा धेरै बिजनेस संसदलाई दिनुपर्ने बताइन् ।उनले भनिन्, ‘यो अधिवशेनमा विधेयक धेरै ल्याउनुपर्नेछ । त्यसैले म सरकारलाई के अनुरोध गर्दछु भने वास्तवमा संसद बिजनेस नपाएर बस्ने गरेको छ । यो अधिवेशनमा बिजनेस नपाएर संसद खालि बस्न नपरोस् । सरकारले बिजनेस दिओस् ।’ सांसद पन्तले भ्रष्टाचारको अन्त्य नभइकन सुशासन कायम हुन नसक्ने बताइन् ।



About Us
प्रतिक्रिया