चिलिमे हाइड्रोपावर घाटामा


काठमाडौं– चिलिमे हाइड्रोपावर कम्पनीको नाफा घाटामा देखिएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्ममा कम्पनीले जम्मा ५.५१ प्रतिशत अर्थात् ३७ करोड ९१ लाख ४१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो नाफा ४० करोड १२ लाख रुपैयाँ ३० हजार थियो ।

विदुत् बिक्री कम भएपछि नाफामा गिरावट देखिएको हो । त्यसकारण विद्युत् बिक्री घट्दा दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा २.०६ प्रतिशतले घटेर ६१ करोड २० लाख रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष कम्पनीले विद्युत बिक्रीबाट ६२ करोड ४८ लाख रुपैयाँ कमाएको थियो ।