सिइडिबी हाइड्रोपावरले पायो आइपिओ निष्कासनको अनुमति 

सिइडिबी हाइड्रोपावरले पायो आइपिओ निष्कासनको अनुमति 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।   
सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्राथमिक सेयर (आइपिओ) निष्कासनको लागि अनुमति पाएको छ। कम्पनीले कुल २५ लाख १८ हजार २३० कित्ता सर्वसाधारण समूहको सेयर जारी गर्नेछ। कुल ८३ लाख ९४ हजार १ सय कित्ता सेयर जारी भएको कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिन लागेको हो।

७० प्रतिशत सेयर संस्थापक समूहको छ। बिक्री प्रवन्धकका रुपमा सनराइज क्यापिटलले जिम्मा लिएको छ। कम्पनीले अबको २ महिनाभित्र सर्वसाधारणलाई आइपिओ जारी गर्नेछ।  कम्पनीले ११ मेगावाट क्षमताको तल्लो खारेखोला, ५ मेगावाटको रुकुम गढ हाइड्रोपावर तथा १२ मेगावाटको दोर्दी १ हाइड्रो इलेक्ट्रिक आयोजना बनाउने छ। ४.४ मेगावाटको राधी स्मल हाइड्रोपावर र ४ मेगावाटको खुदी हाइड्रोपावर संचालनमा रहेको कम्पनीले जनाएको छ। 

यसैबीच रूरू जलविद्युत आयोजनाको आइपिओ भोलि शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने भएको छ। कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा २० रुपैयाँ थपेर प्रतिकित्ता १२० रुपैयाँ मूल्यमा आइपिओ निष्कासन गरेको हो। सर्वसाधारणका लागि ३ लाख ७९ हजार १६७ कित्ता सेयर बिक्रि गरिनेछ। यस हिसावले ३७ हजार ९ सय १० जनाले १० कित्ताका दरले र तिमध्येबाट ७ जनाले ११ कित्ताका दरले सेयर पाउने संभावना छ। 

कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ छ। प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३६ पैसा छ। कम्पनीको वित्तीय विवरणअनुसार प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ छ। कम्पनीले गुल्मी जिल्लामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ।