नबिल बैंकले लिलामी शेयर बिक्रीबाट साढे १३ करोड प्रिमियम संकलन गर्ने

नबिल बैंकले लिलामी शेयर बिक्रीबाट साढे १३ करोड प्रिमियम संकलन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।  
नबिल बैंकले लिलामी शेयरबाट न्यूनतम १३ करोड ४० हजार रुपैयाँ आर्जन गर्ने भएको छ ।

बैंकले आफ्नो स्वामित्वमा रहेको स्वाबलम्बन लघुवित्तको संस्थापक शेयर प्रतिकित्ता ७०३ रुपैयाँ प्रिमियम मूल्यमा बिक्री गर्दा सो रकम आर्जन हुने देखिएको हो ।

बैंकले आफ्नो स्वामित्वमा रहेको स्वाबलम्बनको १ लाख ९० हजार ६५३ कित्ता शेयर बिक्रीका लागि आवेदन आह्वान गरेको छ । लघुवित्तको केन्द्रीय कार्यालय धोबिधारा स्थित (कुमारी हल पछाडि) कार्यालयमा ३५ दिन भित्र खरी दगर्न चाहेको शेयर कित्ता र मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

इच्छुक लघुवित्तका विद्यमान संस्थापक शेयरधनीले उक्त शेयर खरीदका लागि प्रतिकित्ता न्यूनतम ८०३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापकबाट खरीद नभएको खण्डमा भने पुनः सर्वसाधारणमा बिक्रीमा आउनेछ ।

संस्थापकबाट खरीद नभएमा बैंकले नकिनेमा भने फेरि दोस्रो चरणमा सर्वसाधारण व्यक्ति तथा संस्थाले किन्न पाउने गरी अर्को सूचना आह्वान हुनेछ ।