एनआएसी एशिया, मेगा, बिओके, सानिमा र प्राइम बैंक थप कर्जा दिन नसक्ने अवस्थामा

एनआएसी एशिया, मेगा, बिओके, सानिमा र प्राइम बैंक थप कर्जा दिन नसक्ने अवस्थामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।
सम्पत्ति तथा दायित्व व्यवस्थापनमा ध्यान नदिँदा एनआइसी एशिया, मेगा, सानिमा, बैंक अफ काठमाण्डू र प्राइम बैंक थप कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । यी बैंकको कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसीयो) सीमामा पुगेका कारण थप कर्जा दिन नसक्ने अवस्थामा पुगेका हुन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् बैंकहरुलाई सीसीडी रेसियोमा सहज गर्दै ८० प्रतिशतबाट सीमा बढाएर ८५ तोकेको छ । यसको अर्थ बैंकले १०० रुपैयाँ निक्षेप संकलन गर्दा ८५ रुपैयाँसम्म कर्जा लगानी गर्न पाउँछन् ।

८० प्रतिशत माथि सीसीडी कट्नु भनेको बैंकहरुले स्रोत संकलन नगरी थप कर्जा दिन नसक्ने अवस्थामा पुग्नु रहेको राष्ट्र बैंक बताउँछ । अझ प्रष्ट रुपमा भन्दा सीसीडी दर सिमापार हुँदा बैंकहरुले थप नयाँ कर्जा विस्तार गर्न नसक्ने अवस्थामा पुग्नु हो । तर बैंकर्स संघद्वारा प्राप्त तथ्यांक हेर्दा गत चैत २० गतेसम्म एनआइसी एशियाले ८४.२१ प्रतिशत, मेगाले ८३.०६ प्रतिशत, मेगाले ८३.०६ प्रतिशत, सानिमाले ८२.९१ प्रतिशत, बैंक अफ काठमाण्डूले ८२.९१ प्रतिशत र प्राइम ८२.०१ प्रतिशत सीसीडी कायम गरी कारोबार गरी रहेका छन् ।

‘राष्ट्र बैंकले बैंकहरुलाई कर्जा लगानीमा सहजता होस् भनेर सीसीडीको सीमा बढाएको हो तर ८० प्रतिशत माथि सीसीडी भएका बैंकहरुले थप स्रोत व्यवस्थापन नगरी नयाँ कर्जा विस्तार गर्न सक्दैन’ राष्ट्र बैंकका एक कर्मचारी भन्छन ‘न्अहिले नै बैंकिङ प्रणालीमा तरलता संकुचन हुँदै गएको छ भने अन्तर बैंक ब्याजदर समेत बढेर ३ प्रतिशतको हाराहारीमा आएको छ । यस्तो अवस्थामा सीमामा सीसीडी रहेका बैंकले थप स्रोत व्यवस्थापन नगरी नयाँ कर्जा विस्तार गर्दा वित्तीय व्यवस्थापनमा जोखिम आउन सक्छ ।’

बैंकहरुले सम्पती तथा दायित्व व्यवस्थापनको लागि ध्यान नदिए भविक्ष्यमा जोखिम निम्तिन सक्ने उनको भनाइ छ । सो अवधिमा एनआइसी एशिया बैंकले २ अर्ब ८४ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गर्दा २ खर्ब ५६ अर्ब ८२ रुपैयाँ कर्जा लगानी गरी सकेको छ ।