काठमाडौं– मंगलबार पनि नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १४.८८ अङ्कले बढेर २,११९.६१ को बिन्दुमा कायम भएको हो ।
आज ३०८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३६८ कित्ता खरीदबिक्री हुँदा ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५९३ बराबरको कारोबार भएको छ । आज १५२ कम्पनीको सेयर कारोबार बढेको छ भने ८५ कम्पनीको कारोबार घटेको छ । १० कम्पनीको कारोबार भने स्थिर छ ।
प्रतिक्रिया