५ कम्पनीलाई भेन्चर क्यापिटल तथा प्राईभेट इक्विटी फण्डको अनुमति दिने तयारी

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

नेपाल धितोपत्र बोर्डले ५ वटा कम्पनीलाई भेन्चर क्यापिटल तथा प्राईभेट इक्विटी फण्ड परिचालन गर्न कोष व्यवस्थापकको अनुमतिपत्र दिने तयारी गरेको छ । पाँच कम्पनीलाई अनुमतिपत्र प्रदान गर्न धितोपत्र बोर्डको संचालक समितिमा प्रस्ताव पेश भएको हो ।

भेन्चर क्यापिटल तथा प्राईभेट इक्विटी फण्ड परिचालन गर्न कोष व्यवस्थापकको अनुमतिपत्रका लागि ९ कम्पनीको निवेदन प्राप्त भएकोमा अध्ययनपछि हाललाई ५ वटालाई अनुमति दिने तयारी भएको हो । बोर्डको संचालक समितिले निर्णय गरेपछि ५ कम्पनीले बिशिष्टिकृत लगानीकोष (भेन्चर क्यापिटल तथा प्राईभेट इक्विटी फण्ड) सञ्चालनको अनुमति पाउने छन्।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आफ्नो कार्यकालमा प्राइभेट इक्विटी भेन्चर क्यापिटललाई भित्र्याउने लक्ष्य लिएको बताएका थिए।

त्यस्तै धितोपत्र बोर्डले वस्तु विनिमय बजार संचालन गर्ने कम्पनी स्थापनाका लागि पूर्व स्वीकृति प्रदान गर्न नीतिगत एवं प्रकृयागत व्यवस्था तयार गर्नका लागि बोर्डका विज्ञ सदस्यको संयोजकत्व हुने गरी २०७७ माघमा एक समिति गठन गरी आवश्यक कार्य अगाडि बढाएको छ ।  सो समितिले प्रतिवेदन पेश गरे पश्चात वेयर हाउस संचालन नियमावली मस्यौदा तयार गरिने बोर्डले जनाएको छ ।

त्यस्तै ऋणपत्रको दोस्रो बजार कारोबार शुरु गर्न ऋणपत्र सम्वन्धी नियमावली मस्यौदा तर्जुमा भई धितोपत्र वोर्डको संचालक समितिमा छलफलको क्रममा रहेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपाल स्टक एक्सचेञ्ज लि.को शेयर संरचनामा परिवर्तन सम्बन्धी अवधारणापत्र मन्त्रालयमा प्राप्त भई छलफलको क्रममा रहेको उल्लेख गरेको छ  । स्रोतका अनुसार नेप्सेको आईपिओ नआउने गरी शेयर संरचनामा परिवर्तन प्रस्ताव गरिएको छ ।