राष्ट्र उत्थान लघुवित्तको दोस्रो साधारण सभा सम्पन्न, एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले दोस्रो साधारण सभा सम्पन्न गरेको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय साँगा बनेपामा सम्पन्न भएको हो ।

 सभाले हाल कायम रहेको चुक्तापूँजीको रू. ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै  सभाले कम्पनीसँग अन्य कुनै एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु बीच मर्जर तथा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

साथै सभाले आव २०७६ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । 

कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. १ करोड ४८ लाख नाफा कमाएको छ । चुक्तापूँजी रू. १७ करोड ५० लाख रहेको कम्पनीले उक्त अवधिसम्ममा जगेडा कोषमा रू. ८ करोड ६२ लाख सञ्चित गरेको छ ।