तीन कम्पनीको मूल्य समायोजन

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

चैत १० गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ। कम्पनीहरुले साधारण सभा वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेमा डिप्रोक्स लघुवित्त, महुली लघुवित्त र सांग्रीला डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको हो।

नेप्सेले डिप्रोक्स लघुवित्त (DDBL) को १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात लघुवित्तको शेयरमूल्य १ हजार ७२० रुपैयाँ तोकिएको छ।

त्यसैगरी, नेप्सेले महुली लघुवित्त (MSLB) को २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य २ हजार १८८ रुपैयाँ कायम भएको छ।

त्यस्तै, सांग्रीला डेभलपमेन्ट बैंक (SADBL) को यस दिन ५ प्रतिशत बोनस शेयर समायोजन भएको छ। समायोजनपश्चात बैंकको शेयरमूल्य २०२ रुपैयाँ कायम भएको छ।

नेप्सेले यी तीन वटै कम्पनीहरुको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो। चैत ९ गते सोमबार दोस्रो बजारमा डिप्रोक्स लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ९७८ रुपैयाँ, महुलीको २ हजार ६२५ रुपैयाँ र सांग्रीलाको २१२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

मंगलबार यही मूल्यमा आधारमा दोस्रो बजारमा यी तीन कम्पनीको कारोबार खुल्नेछ।

डिप्रोक्स लघुवित्तले १५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश समेत गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २० गते, शुक्रबार होटल मोनालिसा, सौराहा, चितवनमा १९औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

त्यस्तै, महुली लघुवित्त वित्तीय संस्थाले पूँजी १८ करोड ६६ लाख २० हजार रुपैयाँको २० प्रतिशतले हुन आउने ३ करोड ७३ लाख २४ हजार रुपैयाँ बराबरको बोनस र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने १९ लाख ५९ हजार ५१० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २५ गते बुधबार बिहान ११ बजे केन्द्रिय कार्यालय महुली, सप्तरीमा ८ औं वार्षिक साधारण सभा बोलाएको छ।

सांग्रीला डेभलपमेन्ट बैंकले भने चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २३ गते, लैनचौर ब्याङ्क्वेट, लैनचौरमा सोह्रौँ वार्षिक साधारण सभा डाकेको छ।