सूर्योदयको साधारण सभा आह्वान, लाभांश वितरण र एफपीओ निष्काशन प्रस्ताव पारित हुँदै

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण तथा एफपीओ निष्काशन प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

लघुवित्तले चैत ३१ गते, मंगलबार, पुतलीबजार नगरपालिका वडा नं. ३, स्याङ्जा (सहयात्री पार्टी प्यालेस, गुडिखोला) मा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ८ बजे शुरु हुनेछ।

सभाले असार मसान्तसम्म कायम चुक्ता पूँजीको १५.३४ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने तथा सोको कर प्रयोजनार्थ ०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले सर्वसाधारण तर्फको हिस्सा बढाई ३० प्रतिशत पुर्याउन पुनः सर्वसाधारणमा शेयर (एफपीओ) निष्काशन गर्ने, अन्य उपयुक्त लघुवित्त वित्तीय वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत १९ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चेत १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी २१ करोड ५० लाख ४२ हजार ९२५ रुपैयाँ छ। ३ करोड ३० लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २४ करोड ८० लाख ४२ हजार ९२५ रुपैयाँ पुग्नेछ।