काठमाडौं–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भन्सार प्रणालीलाई व्यवस्थित गर्नको लागि कारोबार मूल्यलाई मान्यता दिएर भन्सार लिने प्रक्रिया खारेज गर्नुपर्ने बताएका छन् ।
शुक्रवार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले भन्सार प्रणालीलाई व्यवस्थित गर्नको लागि कारोबार मूल्यलाई मान्यता दिएर भन्सार लिने प्रक्रिया खारेज गरी औपचारिक व्यवसायीक वातावरण बनाउन आग्रह गरेका हुन।
उनले नेपालमा व्यवसायिक गतिविधि आधुनिक र प्राविधिमैत्री बन्दै गएकाले भन्सार प्रशासनलाई पूर्ण रुपमा डिजिटलाइज बनाएर राजश्वमा वृद्धि गर्न आवश्यक रहेको बताए। उनले पछिल्लो समय अर्थतन्त्र सकारात्मक बन्दै गएको भन्दै अर्थतन्त्रलाई अझ सुदृढ र सवल बनाउनको लागि कर्जाको दोब्बर ब्याजदरलाई सिङ्गल डिजिटमा ल्याउन सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।
उनले बैंकहरुमा रहेको ६ खर्ब भन्दा बढीको तरलतालाई चलायमान बनाउन घरजग्गा र शेयर कारोबारमा कायम रहेको जोखिम भार १२५ लाई घटाएर सयमा ल्याउन आवश्यक रहेको पनि बताए।
उनले भने,‘भन्सार प्रणालीलाई व्यवस्थित गर्नको लागि कारोबार मूल्यलाई मान्यता दिएर विगतमा झनझटिलो मूल्यमा भन्सार लिने गरिएको छ । यसलाई खोरज गरी औपचारिक व्यवसायिक वातावरण बनाउन आग्रह गर्न चाहन्छु । नेपालमा व्यवसायिक गतिविधि आधुनिक र प्राविधिमैत्री बन्दै भएकाले भन्सार प्रशासनलाई डिजिट बनाएर राजश्वमा वृद्धि गर्नुपर्छ । पछिल्लो समय अर्थतन्त्र सकारात्मक बनेको छ ।’
साथै उनले अर्थतन्त्रलाई अझ सुदृढ र सवल बनाउनको लागि कर्जा प्रवाहको ब्याजदर डब्बल डिजिटमा छ त्यसलाई सिङ्गल डिजिटमा ल्याउन आवश्यक रहेकाे पनि बताए ।अध्यक्ष मल्लले भने, ‘बैंकहरुमा ६ खर्ब भन्दा बढी तरलता रहेको छ । चलायमान बनाएर राश्जव वृद्धिको लागि ५० लाख भन्दा बढी घरजग्गा र शेयर कारोबारमा जोखिम भार १५० बाट १२५ बनाएको छ त्यसलाई १००मा ल्याउन आवश्यक छ ।’ (न्युज एजेन्सी नेपाल)



About Us
प्रतिक्रिया