बैकिङ्ग समाचार ।
किसान लघुवित्त वित्तीय संस्थाले साधारण सभाको विशेष प्रस्ताव संशोधन गरेको छ । कम्पनीले सोमवार एक सूचना प्रकाशित गरी हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव हटाएको जानकारी दिएको हो ।
कम्पनीले आइतवार १ बराबर १ कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव सहित चैत २९ गते साधारण सभा बोलाउने सूचना जारी गरेको थियो । तर सोमवार उक्त सूचना अन्यथा हुन गएको भन्दै उक्त प्रस्तावलाई हटाएर संशोधित सूचना प्रकाशित गरेको हो ।
कम्पनीले कम्पनीले आफ्नै भवन लम्कीचुहा, वलिया, कैलालीमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
सभाको प्रस्तावमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने कार्यलाई निरन्तरता दिने र उपयुक्त संस्था खोजी मर्जर सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।
प्रतिक्रिया