मिर्मिरे लघुवित्तको शेयरमूल्य समायोजनपछि पनि ७.९५ % बढ्यो

मिर्मिरे लघुवित्तको शेयरमूल्य समायोजनपछि पनि ७.९५ % बढ्यो


बैकिङ्ग समाचार ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन पछि पनि आइतवार ७ दशमलव ९५ प्रतिशत बढेको छ । यो दिन प्रतिकित्ता रू. १०९ ले बढेर कम्पनीको अन्तिम मूल्य रू. १ हजार ४८० कायम भएको हो ।

यस दिन नेप्सेले कम्पनीले प्रस्ताव गरेको ९ दशमलव २० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको छ । कम्पनीको गत बिहीवार कायम अन्तिम मूल्य रू. १ हजार ४९७ को आधारमा नेप्सेले कम्पनीको बोनसपछिको मूल्य रू. १ हजार ३७१ तोकेको हो । 

कम्पनीले यस वर्ष बोनससँगै शून्य दशमलव ४८ प्रतिशत नगद लाभांश समेत वितरण गर्न लागेको छ । कुल ९ दशमलव ६८ प्रतिशत लाभांश पारितका लागि चैत १८ गते दशौं वार्षिक साधारण सभा बोलाएको कम्पनीले उक्त सभा प्रयोजनका लागि चैत ८ गते बुक क्लोज गरेको छ ।

बुक क्लोजको आधारमा गत बिहीवार चैत ५ गतेसम्म कायम शेयरधनीहरु मात्र योग्य भएका छन् । हाल कम्पनीको चुक्तापूँजी रू. ३९ करोड ६१ लाख ४६ हजार रहेको छ । सोही आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।