बैकिङ्ग समाचार ।
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २९ गते १२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
लघुवित्तको शनिबार सम्पन्न २०७ औं सञ्चालक समितिको बैठकले धनुषाको जनकपुरधाम स्थित होटेल राजदरबार एन्ड नवरंग रिसोर्टमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।
उक्त सभाले सञ्चालक समितिले गत आर्थिक वर्ष २०७६/७७ बाट प्रस्तावित १२ प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश लाभांश अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।
यस्तै सभाले मिथिला लघुवित्त र अन्य उपयुक्त एक वा एकभन्दा बढी लघुवित्तसँग आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रयोजनका लागि आवश्यक कार्यहरु गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने तथा बोनसपछि जारी पुँजी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव माथि छलफल गरी पारित गर्नेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले चैत १७ गते मंगलबार एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार चैत १६ गते सोमबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
प्रतिक्रिया