काठमाडौं – बालकुमारी घटनामा मारिएका दुई युवकको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ राहत दिएको छ ।
मन्त्रिपरिषद्को १४ पुसको निर्णयअनुसार दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०/ १० लाख रुपैयाँ प्रदान गरिएको हो ।
गत पुस १३ गते रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा सम्बन्धित विवादमा भएको प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट ती दुई युवाको मृत्यु भएको थियो ।



About Us
प्रतिक्रिया