बैकिङ्ग समाचार ।
सनराइज ब्लुचिप फण्डमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ ।
सनराइज क्यापिटलले चैत १ गतेदेखि फण्डको इकाई बिक्रीमा ल्याएकोमा शुक्रबारसम्ममा सबै इकाई खरीदका लागि आवेदन परेपछि आइतबार निष्काशन बन्द हुन लागेको हो ।
यसअनुसार फण्डको इकाई खरीद गर्न चाहने लगानीकर्ताले आइतबार कार्यालय समयभित्र आवेदन गर्न सक्नेछन् ।
इच्छुक लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो शेयरको माबाइल एप तथा वेबबाट पनि आवेदन दिन सक्नेछन् । यस्तै धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि फण्डको इकाई खरीदका लागि आवेदन दिन सक्नेछन् ।
फण्डको इकाईमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । क्यापिटलले चैत १ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको थियो । निष्काशित इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।
यसअघि सनराइज फस्ट म्युचुअल फण्ड सञ्चालन गरिरहेको क्यापिटलले दश वर्ष अवधिको दोस्रो बन्दमुखी प्रकृतिको योजना बिक्रीमा ल्याएको हो ।
प्रतिक्रिया