बैकिङ्ग समाचार ।
नेपाल वित्तीय संस्था संघको वार्षिक साधारण सभा चैत २० गते हुने भएको छ ।
कम्पनीले सभा दिउँसो २ बजे होटल क्राउन इम्पेरियल रविभवन, कालिमाटीमा गर्ने बताएको छ । सभाले आव २०७५/ ७६ र २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
साथै सभाले नयाँ कार्यसमितिको निर्वाचन पनि गर्ने छ । सभाले आव २०७७/ ७८ को लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । संघको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया