बैकिङ्ग समाचार ।
एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्सको ५ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले मेरो माइक्रोफाइनान्सको ५ लाख ८९ हजार ४ सय ३८ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो । बैंकले यी शेयर आज चैत्र ४ देखि बैशाख ७ गतेसम्म लिलाम गर्न लागेको हो ।
बैंकले ति शेयरको मूल्य प्रति कित्ता ४३७ कायम गरेकोले आवेदन दिँदा सो भन्दा बढी रकम कबुल गरि शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने छ । आवेदन दिँदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ ।
शेयर लिलामको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ । इच्छुक लगानीकर्ताले क्यापिटलले क्यापिटलबाट बोलपत्र फारम पाउन सक्ने छन् ।
आवेदन दिनको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र राष्ट्र बैंकले तोकेको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ।
प्रतिक्रिया