बैंक अफ काठमाण्डूको विशेष साधारण सभा आज, तीन सञ्चालकको निर्वाचन प्रस्ताव

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

बैंक अफ काठमाण्डू लिमिटेडले मंगलवार विशेष साधारण सभा गदैंछ ।

नेपाल प्रज्ञा प्रतिष्टान कमलादी, काठमाडौंमा कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो । विहान १० बजे सभा शुरु हुने भनिएपनि अहिलेसम्म शुरु भएको छैन । विशेष साधारण सभा मार्फत कम्पनीले सर्वसाधारण समूहबाट प्रतिनिधित्व हुने गरी तीन जना सञ्चालकहरुको निर्वाचन गर्नेछ ।

त्यस्तै नेपाल राष्ट्र बैंक वा अन्य नियमन निकायबाट कुनै थपघट वा संशोधन गर्ने निर्देशन भएमा आवश्यक संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय पनि सभाबाट पारित गर्ने कम्पनीको तयारी छ ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन २३ गतेदेखि चैत ३ गतेसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन २१ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।