दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैकिङ्ग समाचार ।

चैत २ गते, सोमबार दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले नेपाल हाइड्रो डेभलोपर्स र महालक्ष्मी विकास बैंकका शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन्। यी दुबै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात चैत ३ गते बुकक्लोज गर्दैछन्। त्यसैले, कम्पनीहरुको लाभांश प्राप्त गर्न आजसम्म शेयरधनी कायम हुनुपर्दछ।

नेपाल हाइड्राे ले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले चैत १७ गते १२ औँ, १३ औँ र १४ औँ वार्षिक साधारण सभा डाकेको छ।

त्यस्तै, महालक्ष्मी विकास बैंक ले आर्थिक वर्ष २०७६र७७ को मुनाफा तथा सञ्चित रकमबाट हाल कायम चुक्ता पूँजीको ८.८० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश प्रस्ताव पारित गर्न बैंकले चैत १३ गते उन्नाइसौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्गमा बिहान १० बजु शुरु हुनेछ।