बैकिङ्ग समाचार ।
मेगा बैंक र गागलफेदी यातायातबीच क्यूआर कोडबाट भाडा भुक्तानी ब्यवस्थाको शुभारम्भ गरिएको हो । कार्यक्रममा मेगा बैंकका प्रमुख संचालन अधिकृत राजेश शर्माले मेगा बैंकले ‘हलोदेखि हाइड्रोसम्म’ लगानी गर्ने जानकारी दिँदै यातायात, शिक्षा, स्वास्थ्य, कृषि, महिला उद्यमी, घर लगायतका लागि सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै, गागलफेदी यातायातका अध्यक्ष मधुसुदन केसी (खड्का)ले क्यूआर कोड सुविधाको ब्यवस्था गरेकोमा बैंकलाई धन्यवाद दिँदै यो भुक्तानी ब्यवस्थाको प्रयोगले यातायात संचालक तथा यात्रुहरु दुबैलाई सहज हुने बताए ।
गागलफेदी यातायातले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका, १ सातघट्टेबाट ब्रम्हखेल, डाँछी, थली, जोरपाटी, चाबहिल, गौशाला, ज्ञानेश्वर, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कसम्म सेवा दिँदै आएको छ ।
नगदरहित भुक्तानी ब्यवस्थालाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको नीति अनुरुप बैंकले देशभरका बिभिन्न सेवामुलक क्षेत्रमा क्यूआर कोड सुविधाबाट भुक्तानी गर्ने ब्यवस्थालाई प्राथमिकता दिँदै आएको छ ।
प्रतिक्रिया