किसान लघुवित्तले एफपिओ निष्काशन गर्ने

किसान लघुवित्तले एफपिओ निष्काशन गर्ने

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

किसान लघुवित्तले एफपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले संस्थापक शेयरधनी र सर्बसाधारण शेयरधनीको शेयर स्वामित्व मिलाउन एफपिओ जारी गर्न लागेको हो । सर्बसाधारणलाई शेयर निष्काशन नगरेका कम्पनी किसान लघुवित्तसँग मर्ज भएपछि शेयर स्वामित्व मिलाउन लागिएको हो  । 

कम्पनीले एफपिओ निष्काशन गर्नको लागि निष्काशनकर्ता तथा बिक्री प्रबन्धकको कार्य गर्नको लागि कोटेशन माग गरेको छ । कम्पनीले यस अघि नै एफपिओ जारी गरेको अनुभव भएका मर्चेन्ट बैंकरहरुलाई कम्पनीको प्रोफाइल र एफपीओ जारी गरेवापत लिने शुल्कको विवरणसहित सम्पर्क गर्न आग्रह गरेको छ।