एनएमबि बैंक र ज्योति विकास बैंकको बोनस शेयर सूचीकृत

एनएमबि बैंक र ज्योति विकास बैंकको बोनस शेयर सूचीकृत

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा मंगलवार दुई  ओटा बैंकको बोनस शेयर सूचीकृत भएको छ । 

एनएमबि बैंक र ज्योति विकास बैंकको बोनस शेयर सूचीकृत भएको हो । एनएमबि बैंकको १ करोड ८७ लाख ८२ हजार ७८ दशमलव ८६ कित्ता बोनस शेयर र ज्योति विकास बैंकको ३४ लाख ९५ हजार २९३ दशमलव ४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

ती दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । एनएमबि बैंकले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस शेयर र ज्योति विकास बैंकले माघ १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।