शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (फागुन २५ गते) अन्तिम दिन रहेको छ।

इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात फागुन २६ गते बुकक्लोज गर्दैछ। सोही कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी २७.७६९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४६२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

सोही लाभांश प्रस्ताव पारित गर्न इन्स्योरेन्सले चैत ९ गते सोमबार, आफ्नो केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा १५ औँ र १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभाले बोनस शेयर वितरणपश्चात ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्दैछ।