सनराइज बैंकको क्युआर सेवा त्रिनगर कृषि हाटबजार धनगढीमा

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

सनराइज बैंकले डिजिटल बैंकिङ्ग अन्तर्गत विभिन्न सेवा सुबिधा प्रदान गर्ने क्रममा त्रिनगर कृषि हाट बजार धनगढी कैलालीमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात गरेको छ ।

बैंकले प्रदान गरेको क्युआर कोड प्रणालीलाई शुभारम्भ गर्दै धनगढी उप–महानगरपालिकाका मेयर निर्प बहादुर वडले नेपालमा डिजिटल भूक्तानी प्रणालीलाई सरल, सजिलो र सर्वसाधारणको पहुंचसम्म पु¥याउन धनगढी उप–महानगरपालिकाले अभियान शुरु गरेको र यसको लागि बैंक वित्तीय संस्थाहरुले अग्रसरता देखाएको हुँदा सबैले सहयोग गर्नु पर्ने बताए । डिजिटलबाट भुक्तानी गर्दा सुरक्षित तथा सजिलो हुने हुँदा यो प्रणाली सबैलाई फाइदाजनक रहेको उनको भनाई थियो।

सोही कार्यक्रममा सनराइज बैंकका सुदुर पश्चिम प्रदेशका प्रमुख सुरेन्द्र बहादुर शाहीले डिजिटल भुक्तानी प्रणालीमा सन्राइज बैंकले सबैक्षेत्रकास–साना तरकारी पसल, फलफुल पसल, किराना पसलहरु देखि लोकल बसहरुसम्म पनि क्युआरकोड लागु गर्दै यस क्षेत्रमा नगद रहित कारोबारलाई बढाउँदै लगिरहेको बताए ।

साथै त्रिनगर कृषि हाट बजार ब्यबस्थापन समिती धनगढीको भवानी सिं चैसिरले अब त्रिनगर कृषी हाट बजारमा तरकारी तथा फलफूूल खरिद बिक्रि गर्न आउने व्यक्तिहरुले स-साना कारोबारमा समेत डिजिटल बंैकिङ्ग मार्फत सुरक्षित कारोबार गर्न सक्ने बताए ।

उक्त कार्यक्रममा धनगढी उप–महानगरपालिकाका मेयर निर्प बहादुर वड, सनराइज बैंकका सुदुर पश्चिम प्रदेशका प्रमुख सुरेन्द्र बहादुर शाही, त्रिनगर कृषि हाट बजार ब्यबस्थापन समिती धनगढीका अध्यक्ष भवानी सिं चैसिर, सृजनशिल सामाजका कोषाध्यक्ष गणेश बि.क. र शाखा प्रबन्धक धर्म कुमार बिष्ट बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो।