बैकिङ्ग समाचार ।
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको २०७६/७७ को वार्षिक साधारणसभा फागुन २९ गते शनिवार हुने भएको छ । कम्पनी सञ्चालक समितिको बिहीवार बसेको बैठकले इन्द्रेणी बैंक्वट, नयाँ बानेश्वरमा विहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । कम्पनीले जुमबाट सभा अयोजना गर्ने जानकारी दिएको छ ।
सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ भने आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
कम्पनीको अधिकृत पूँजी वृद्धिका लागि प्रबन्धपत्रको दफा ६ (क) मा संशोधन गर्ने प्रस्ताव पारित गरिने बताइएको छ ।
प्रतिक्रिया