बैकिङ्ग समाचार ।
बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीति अन्र्तगत अपाङ्गता संरक्षण नेपाललाई १५० थान सेतो छडी हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक प्रा. डा. हेमराज सुबेदीले एक कार्यक्रमकाबीच उक्त सेतो छडी संस्थाका प्रमुख बिरोध खतिवडालाई हस्तान्तरण गरे ।
बैंकद्वारा हस्तान्तरण गरीएको उक्त सेतो छडीले दृष्ट्रिबिहिन व्यक्तिहरुलाई आवतजावतमा सहयोग हुनुका साथै दैनिक जिवनयापन सहज बनाउन सहयोग मिल्ने बैंकले बिस्वास लिएको छ ।
बैंक अफ काठमाण्डूले सातै प्रदेशमा रेका ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गर्दै आएको जनाएको छ ।
प्रतिक्रिया