बैकिङ्ग समाचार ।
सेञ्चुरी कमर्सियल बैंकले वित्तीय सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको मार्चवारी गाउँपालिकाको बगौलीमा शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ । उक्त शाखारहित बैंकिङ सेवाको मार्चवारी गाउँपालिकाका उपाध्यक्ष सुनिता कलवार जैसवालले उद्घाटन गरिन् ।
यस सेवाबाट बगौलीलगायतका क्षेत्रका जनताले आधुनिक बैंकिङ्ग सेवा उपयोग गरी उनीहरुको आर्थिक समृद्धिमासमेत लाभ पुग्ने उनले बताइन् ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२० शाखा १० एक्सटेन्सन काउन्टर, २२ शाखा रहित बैंकिङ र ८८ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया