हिमालयन जनरल इन्स्योरेन्सको लाभांश घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको २६१ औँ बैठकले ३ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ३.७५ प्रतिशत नगद गरी कुल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले ३ प्रतिशतले हुन आउने ३ करोड २० लाख ४८ हजार ७ सय बराबरको बोनस शेयर र ३.७५ प्रतिशतले हुन आउने ४ करोड ६० हजार ८ सय रुपैयाँ बराबरको नगद लाभांश गरि कुल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी (२७ औं वार्षिक ) साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।

Skip This