बैकिङ्ग समाचार ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २५ गते २२औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको माघ २७ गतेको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांश सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारितका लागि उक्त दिन सभा गर्ने निर्णय गरेको हो ।
यस वर्ष कम्पनीले कुल १३ दशमलव ६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस २४ गतेको सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १० गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
यस वर्ष गत वर्षको तुलनामा भने कम लाभांश कम्पनीले दिन लागेको हो । गत वर्ष यस कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत १५ दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको थियो ।
प्रतिक्रिया