बैकिङ्ग समाचार ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले २० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २ हजार ३३३ तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य रू. २ हजार ७९९ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न फागुन १३ गते वार्षिक साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया