बैंक अफ काठमान्डूको स्वामित्वमा रहेको दुईओटा कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा

बैंक अफ काठमान्डूको स्वामित्वमा रहेको दुईओटा कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा


बैकिङ्ग समाचार ।

बैंक अफ काठमान्डूको स्वामित्वमा रहेको दुई ओटा कम्पनीको संस्थापक शेयर आज (मंगलवार) देखि लिलामीमा विक्री हुने भएको छ । 

कम्पनीले आरएमडिसी लघुवित्तको १ लाख ५० हजार कित्ता र छिमेक लघुवित्तको ७ लाख कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

उक्त शेयर खरीद गर्न योग्य व्यक्ति, कम्पनी र संघ संस्थाले चैत ३ गते भित्र बिओके क्यापिटल, कमलादीमा आइपुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र पेश गनुपर्ने हुन्छ ।   

कम्पनीले आरएमडिसी लघुवित्तको न्यूनतम शेयरमूल्य प्रतिकित्ता रू. ५२० र छिमेक लघुवित्तको रू. ६०० तोकेको हुँदो सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने हुन्छ ।

आवेदकले चैत ३ गतेसम्म उक्त शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको शेयर विक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ ।