विजय लघुवित्तको नाफा २८.७४% बढ्दा प्रतिसेयर आम्दानी कति ?

विजय लघुवित्तको नाफा २८.७४% बढ्दा प्रतिसेयर आम्दानी कति ?


बैकिङ्ग समाचार ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा विजय लघुवित्तको खुद नाफा २८.७४% ले बढेर ७ करोड २९ लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा संस्थाले ५ करोड ६६ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले नाफा बढ्न सहयोग पुगेको हो । 

खुद ब्याज आम्दानी २३% ले बढेर १५ करोड ५४ लाख ३५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा संस्थाले १२ करोड ६३ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै, सञ्चालन नाफा ६.६६% ले बढेर ८ करोड ५५ लाख ५८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाले ८ करोड २ लाख ११ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

यता, खराब कर्जा भने ०.५८% ले बढेर ३.२१% पुगेको छ । अघिल्लो वर्ष खराब कर्जा २.६३% थियो । पुस मसान्तसम्म प्रतिसेयर आम्दानी वार्षिक ५४ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ २१ पैसा छ । विजयाको चुक्ता पुँजी २६ करोड ६५ लाख ९७ हजार रुपैयाँ र जगेडा कोषमा १२ करोड८५ लाख २३ हजार रुपैयाँ छ ।